Thursday, 1 September 2016

सात कक्षा मात्रै पढेका नक्कली डाक्टर पक्राउ

काठमाडौं । सात कक्षासम्म मात्र पढेका एक नक्कली डाक्टर सिरहाबाट पक्राउ परेका छन् । सिरहा गोलबजारस्थित इलाका प्रहरी कार्यालयका अनुसार भारतको बिहार, मधुवनी जिल्लाको सोनामत्तीका ३५ वर्षीय रामजी दासलाई २५ दिन अगाडी पक्राउ गरि आज जिल्ला अदालत लगिएको छ । विरामीहरुको उजुरीपछि पक्राउ गरि अनुसन्धान गर्दा दास नक्कली डाक्टर पाइएको गोलबजारका प्रहरी निरिक्षक राजेन्द्र कुमार उपाध्यायले बताए । 


दासले गोलबजारमा मजेबुल अन्सारीको घरमा निजी क्लिनिक संचालन गर्दै आएका थिए । क्लिनिकमा विरामी जाँच्दा जाँच्दै उनलाई पक्राउ गरिएको उपाध्यायले बताए । कक्षा ७ सम्म मात्रै अध्ययन गरेका उनले ‘डाक्टर रामजी दास, एमबिबिएस र एएम, जेनरल फिजिसियन एण्ड सर्जन’ लेखिएको बोर्ड लगाएर बिरामीहरुलाई ठगी गर्दै आएका थिए । 

उनको क्लिनिकबाट लाखौंको औषधि, बिरामी पुर्जालगायतको कागजात प्रहरीले बरामद गरेको छ । उनले हाइड्रोशील, बबाशिर, भोकन्दर, बाथ रोग, दिर्घ रोगलगायत रोगको उपचार गर्छु भनेर ठगी गर्दै आएका थिए । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us