Thursday, 29 September 2016

क्रिस्टियानो रोनाल्डोको नीजि विमान दुर्घटनाग्रस्त

स्पेन । पोर्चुगलका फुटबलर क्रिस्टियानो रोनाल्डोको नीजि विमान दुर्घटना भएको छ । व्यावसायिक फुटबल क्लव रियल मड्रिडका मूख्य हस्ती मानिएका रोनाल्डोको नीजि जेट विमान बार्सिलोनामा अवतरणको क्रममा दुर्घटना भएको हो ।

समाचार एजेन्सीहरुका अनुसार दुर्घटनामा विमानका चालक सामान्य घाइते भएका छन् । अवतरणका क्रममा ‘ल्यान्डिङ गेयर’ ले काम नगरेपछि विमान अनियन्त्रित भएको बताइन्छ ।

विमान रन–वेबाट बाहिर पुगेर रोकिएको थियो । दुर्घटनाको समयमा विमानमा रोनाल्डो तथा उनको परिवार नरहेको बताइएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us