Monday, 12 September 2016

महिला शौचालयमा शंकास्पद अवस्थामा पुरुषको शव भेटियो

भक्तपुर । राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीको शौचालयमा शंकास्पद अवस्थामा सोमबार एक पुरुषको शव फेलापरेको छ । केन्द्रको महिला शौचालयमा अन्दाजी ४५ वर्षका एक पुरुषको शव फेलापरेको केन्द्रका निर्देशक विकास लामिछानेले जानकारी दिए ।

शौचालय सफा गर्न जाने सफाइ मजदुरले बाहिरबाट चुकुल लगाइएको शौचालयभित्र पुरुषको शव फेलापारेपछि प्रहरीको जिम्मा लगाइएको उनले बताए ।

लामिछानेले भने–‘स्वास्थ्य परीक्षणका लागि आएका क्षयरोगका बिरामीको उच्च रक्तचाप वा अन्य कारणले शौचालयमै मृत्यु भएको हुनसक्छ । प्रहरीलाई बोलाएर शव बुझाएका छौं । के कारणले मृत्यु भयो खोज्ने काम प्रहरीको हो ।’

अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आएका अरु बिरामीले आइतबार पनि आएका उक्त बिरामी सोमबार पनि आएको र उसको साथमा पैसा पनि देखेको जानकारी दिएका छन् ।

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाकाअनुसार शव परीक्षणका लागि शिक्षण अस्पताल पठाइएको छ । मृतकको साथबाट कुनैपनि कागजपत्र नभेटिएकोले पहिचान हुन सकेको छैन ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us