Thursday, 1 September 2016

पूर्वराजा वीरेन्द्रको सालिक राख्दा नेपालगञ्जमा ताण्डव

काठमाडौं । हिन्दुवादी र राजावादीको समूहले नेपालगञ्जको वीरेन्द्र चोकमा पूर्व राजा वीरेन्द्रको सालिक राखेपछि प्रहरीले लाठिचार्ज गरेको छ । लाठीचार्जपछि तनावपूर्ण बनेको नेपालगञ्जको अवस्था अहिले भने सामान्य भएको छ । 

हिन्दुवादी र राजावादीहरुको समूहले बीरेन्द्रचोकमा नाराबाजी गरिरहेका छन् । राप्रपा नेपाल जिल्ला अध्यक्ष ऋषी देवकोटाको नेतृत्वमा पार्टीका कार्यकर्ताहरु, शिव सेना नेपालसँग आवद्ध  युवाहरु र विद्धत परिषद आवद्ध कार्यकर्ताहरुले सालिक राखेका थिए । 

२०६२ र २०६३ को जनआन्दोलनको क्रममा आन्दोलनकारीहरुले वीरेन्द्र चोकमा रहेको पूर्व राजा वीरेन्द्रको पूर्णकदको सालिक तोडफोड गरी हटाएका थिए । सोही स्थानमा आज अर्धकदको सालिक राखिएको हो ।





About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us