Saturday, 3 September 2016

महिलाको गर्भबाटै हरायो ९ महिनाको बच्चा

कहिलेकाहीँ यो दुनियामा के के सम्म मात्र देख्नु र सुन्नुपर्छ हँ ? हुँदा हुँदा अब गर्भवती महिलाहरुको पेटबाटै शिशुहरु गायब हुन थालेका छन् ।
घटना भारतको राजस्थानको हो । राजस्थानको अलबर गेट निवासी मोनू गहलोतकी पत्नी मन्जुको अचानक स्वास्थ्यमा समस्या आयो । गम्भीर अवस्थामा उनलाई जवाहरलाल नेहरु अस्पतालमा भर्ना गरियो । त्यहाँ डाक्टरहरुले मन्जुलाई मृत घोषित गरे । परिवारजनको दबाबमा जब अस्पतालले मन्जुको पोष्टमार्टम गर्यो तब सबैलाई झसँगै पार्ने कुराको खुलासा भयो ।
पोष्टमार्टम रिपोर्टमा मन्जुको गर्भमा बच्चा नरहेको देखियो । जबकी मन्जु ९ महिनाकी गर्भवती बताइएको थियो र उनको लागि २७ अगष्टमै डेलिभरी डेट तोकिएको थियो ।
तर पोष्टमार्टम गर्ने डाक्टरहरुले भने मन्जु गर्भवती नै नरहेको र उनको पाठेघरमा ट्युमर पलाएका कारण पेट बढेको हुँदा उनी गर्भवती भएको भन्ने भ्रम परेको दाबी गरे ।
यद्यपि गर्भवती भएर सुत्केरी हुने डेट सम्म पाइसकेकी मन्जुको पेटमा गर्भ नै नरहेको भन्ने डाक्टरहको भनाईप्रति परिवारजनले विश्वास गर्न सकेनन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us