Friday, 9 September 2016

झारपातबाट यसरी बालियो बिजुली बत्ती, २५० घरधुरीमा वितरण गरिने

रौतहट । जंगलमा खेर गइरहेका झारपात र काठदाउराका टुक्रा प्रयोग गरी रौतहटको कनकपुर गाविसस्थित सिम्री गाउँमा बिजुली बत्ती बालिएको छ । जिल्ला विकास समिति गौर, गरिबी निवारण कोष र वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको सहयोगमा ग्यासिफायर प्लान्ट प्रविधिबाट बिजुली बत्ती निकालिएको हो ।

रौतहटको चारकोसे जंगलको बीचमा रहेको यो गाउँका बासिन्दा बिजुली उत्पादन र आपूर्ति हुन थालेपछि खुसी भएका छन् । करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको सो प्लान्टबाट उत्पादित बिजुली २ सय ५० घरधुरीमा वितरण गरिने भएको छ ।

खेर गइरहेको झारपात, दाउराका टुक्रा, भुसालगायतका सामाग्री प्रयोग गरेर बिजुली उत्पादन हुने उक्त प्लान्टबाट २० किलोवाटको बिजुली उत्पादन भएको छ । विद्युत् केन्द्रका सन्चालक उमाशंकर चौधरीले सो प्रविधिबाट विद्युत् निकाल्न केही झन्झटिलो भएपनि उपभोक्तालाई राहत दिएको बताए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us