काठमाडौं । विगत ८ वर्षदेखि बहराइनमा कार्यरत पर्वत हुवास ३ की इन्दिरा क्षेत्री बहराइनको चर्चित पत्रिका बहराइन कन्फिडेन्सियलले आयोजना गरेको ‘व्यूटिफूल वुमन अफ बहराइन’ प्रतिस्पर्धामा हजारौं प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट १० नम्बर भित्र पर्न सफल भएकी छिन् ।
इन्दिरा बहराइनको नेपाल समाज तथा अन्तर्राष्ट्रिय कलाकार मञ्चकी सल्लाहकार समेत हुन् । विभिन्न देशका सुन्दरीहरुले भाग लिएको उक्त प्रतियोगिता मार्फत् विश्वसामू नेपाललाई चिनाउने मात्र नभई नेपालीहरु अवसर पाएमा वौद्धिकता, प्रतिभा र सुन्दरतामा पनि कम छैनन भन्ने सन्देश दिन भाग लिएको उनले बताइन् ।
आफूलाई फेसबुक र इन्स्ट्राग्राम मार्फत भोट दिई प्रतियोगितामा उत्कृष्ट बन्नका लागि सहयोग गर्न आम नेपाली समुदायमा उनले आग्रह गरेकी छन् ।
उनलाई जिताउन फेसबुकरइन्स्ट्राग्राममा लाइक गर्नु पर्नेछ । यसै सेप्टेम्बर ३० सम्म लाइक गर्ने समय छ । यो लिंकमा गएर उनलाई भोट गर्न सकिन्छ ।