Sunday, 4 September 2016

‘हिटलर’का लागि १९ बर्षदेखि २४ बर्षसम्मकी नायिका खोजी

कााठममाडौं । नेपाली चलचित्रमा नायिकाको खडेरी नै लागेको छ । नायिकाको संख्या दर्जनौ भएपनि चलचित्र बनाउनेले हरेक पटक नयाँ नायिका नै खोजिरहेका छन् । नयाँ नायिका नपाएर कैयौ चलचित्रका छायांकन प्रभावित भएका छन् । एउटा चलचित्र खेलेर दर्जन बढी नायिका कामविहिन भएका छन् ।

यसैक्रममा, चलचित्र ‘हिटलर’को छायांकन पनि नायिका अभाव कै कारण प्रभावित भएको छ । निर्देशक सौरभ ढकालले नायिकाको खोजी भैरहेकाले तत्काल छायांकनमा जान नसकिएको बताए । नायकको रुपमा भने सोहित मानन्धर पक्का भैसकेका छन् ।

निर्देशक ढकालले १९ देखि २४ बर्ष भित्रकी आर्यन लुक्सकी नायिकाको खोजी भैरहेको बताए । उनले भने(‘हामीलाई क्यारेक्टर अनुसार चरित्र निर्वाहा गर्ने नायिका चाहिएको हो । केहीको अडिसन समेत लिएपनि सुहाउँदो अनुहार फेला पारेका छैनौ ।’

अल्टरनेट मोसन पिक्चर्स र लोचन घिमिरे फिल्मस्ले अष्टनारायण पिक्चर्ससँग सहकार्य गर्दै यो चलचित्र बनाउन लागेको हो । रोमान्टिक कमेडी कथामा यो चलचित्र बन्ने छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us