Thursday, 15 September 2016

प्रधानमन्त्री दाहाललाई भारतीय बिदेशमन्त्री स्वराजको स्वागत, यस पटक के सम्झौता छ नेपाल भारत बीच ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ४ दिने राजकिय भ्रमणका लागि आज भारतको नयाँदिल्ली पुग्नुभएको छ । प्रधानमन्त्रीमा निर्वाचित भएको झण्डै डेढ महिनापछि दाहाल छिमेकी मुलुक भारतको भ्रमणमा निस्कनुभएको हो । इन्दिरागान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय विदेशमन्त्री शुस्मा स्वराजले प्रधानमन्त्री दाहाललाइ स्वागत गर्नुभयो । 

१ सय भन्दा बढी  सदस्यीय नेपाली टोलीमा परराष्ट्रमन्त्री प्रकाश शरण महत, भौतिक योजना तथा निर्माणमन्त्री रमेश लेखकसहित सरकारका उच्च अधिकारी, निजी क्षेत्रका प्रतिनधी, संचारकर्मी लगायत सहभागी छन् । प्रधानमन्त्री नेतृत्वको टोली अहिले केहिबेरमा  नेपाली दुतावासले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम रहेको हाम्रा सहकर्मी कमलदेव भट्टराईले जनाएका छन् । 

प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा बस्ने व्यवस्था मिलाइएको छ । भोलीदेखी उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको उहाले पहिलो दिन भारतीय राष्ट्रपति प्रणव मुखर्जी, समकक्षी नरेन्द्र मोदीका साथै सरकारका बरिष्ठ मन्त्री र दलका नेताहरुसंग भेटवार्ता गर्ने कार्यक्रम छ ।

 उहाँले पर्सी भारतको हिमाञ्चल प्रदेशमा रहेको जलविद्युत आयोजनाको अवलोकन गर्नुका साथै भारतीय व्यबशायी तथा बुद्धिजिवीसंग अन्तरक्रिया समेत गर्नुहुनेछ । प्रधानमन्त्री नेतृत्वको टोली असोज २ गते स्वदेश फर्किने कार्यक्रम छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us