दार्चुला । दार्चुलामा एक चार वर्षकी बालिका बलात्कृत भएकी छन् । बलात्कार गरेको आरोपमा धौलाकोट ४ का १८ वर्षका एक युवकलाई पक्राउ गरिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभएको छ ।
सदरमुकाममा आमासँगै डेरामा बसेकी ती बालिकालाई धामीले आमा नभएको बेला बलात्कार गरेको बताइएको छ । आरोपित विरुद्घ दार्चुला जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । आरोपित पीडित बालिकाको मामा नाता पर्ने प्रहरीले जनाएको छ ।