Sunday, 18 September 2016

अझै रोकिएन भूकम्प, सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टरको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४।६ रेक्टर स्केलको भूकम्प गएको छ ।  आईतबार राती १० बजेर ५८ मिनेट जाँदा सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । 

सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर भूकम्प जाँदा, काठमाडौँ लगायत पूर्वी क्षेत्रमा समेत यसको कम्पन महशुस भएको छ ।

दुई साताअघि दोलखा केन्दुबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us