काठमाडौं । भारतीय ज्वाइँलाई छोरो बनाएर नेपाली नागरिका दिलाउन खोज्दा रंगेली ४ चोप्राहाका वीरेन्द्र प्रसाद मण्डललाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको अररिया डंग्री घर भएका ज्वाँई सुरजकुमार मण्डललाई छोरो हो भन्दै २०७१ मा नगरपालकामा जन्म दर्ता गराई अहिले नागरिकता लिन खोज्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
ज्वाँई सुरज भने फरार रहेको प्रहरीले जनाएको छ । वैदेशिक रोजगारीमा रहेका आफ्ना छोरा सुरजको ठाँउमा जन्म दर्ता गराई नागरिकता दिलाउने प्रयास गरेका थिए ।