Friday, 9 September 2016

भारतीय तान्त्रिक कानु पहरीको तन्त्रमन्त्रमा काठमाडौँ मै युवतीको बली दिइदै थियो

काठमाडौं । भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन्। हवनकुण्ड वरिपरि सात जना गोलो घेरा हालेर बसिरहेका छन्। १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठौ पूजा चलिरहेको छ।


मन्त्र पढ्दै तान्त्रिक ’मानव हड्डी’ का टुक्रामा केही छर्कदै छन्। उनी बेलाबेला युवतीलाई हवन गर्न लगाउँछन्। ’सबै हड्डी जाग्छ कि’ भनेर आशापूर्वक हवनतिर हेरिरहेका छन्। हड्डी जागेपछि चमत्कार हुने आशमा त्यहाँ उक जोडी मानव बलि दिँइदैछ।


पहरी मन्त्र पढ्दै, हवन गर्दै युवतीतिर केही छर्किरहेका छन्। यसरी १८ दिनसम्म राजधानीकै स्वयम्भू, सानो भर्‍याङस्थित घरको अध्यारो कोठामा  बन्धक बनाइएकी धादिङकी ती युवती धन्य भाग्न सफल भइन्।


बेहोसीमा तिनै तान्त्रिकले यो रहस्य खोल्दा। घटनामा  संलग्न सबै पक्राउ परेपछि बल्ल घटना सार्वजनिक भयो । एकाइसौ सताब्दीमा पनि राजधानीमै सोचेनै नसकिने मानव बलो अकल्पनीय निम्त्याइदै थियो।
घटना गत वर्ष साउनको हो । ‘युवती रजस्वला भएकीले बलि केही दिन रोकेछन्, अब क्षमापूजा गर्ने र बोको चढाउने सल्लाह भएकै दिन युवती भागेर ज्यान जोगाउन सफल भइन्,’ घटनाका अनुसन्धान अधिकारीमध्ये प्रहरी निरीक्षक रुगम कुँवरले  सुनाए ।

उनका अनुसार गत साउन १४ गतेदेखि ३२ गतेसम्म ती युवतीलाई आरोपीले बलि दिनकै लागि भनेर बन्धक बनाएका थिए । युवतीको जाहेरी र पक्राउ आरोपीको बयानका आधारमा प्रहरी यो निष्कर्षमा पुगेको हो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us