Sunday, 11 September 2016

यौन दुराचार गर्न अमेरिकादेखि काठमाडौंसम्म

काठमाडौं ।  नब्बे दिनको पर्यटक भिषामा भदौ ७ मा नेपाल भित्रिएका अमेरिकी केनेथ जोसेफ कमबसले पहिलो सम्पर्क काठमाडौंका लुच्चे भन्ने बुद्ध पुतवारलाई गरे। उनको भ्रमणको मुख्य उद्देश्य पूरा गर्ने आधार लुच्चेबाहेक अन्य कोहीसँग थिएन। उमेरले ४८ पुगेका कमबस नेपाल आउनुको उद्देश्य बालकसँग यौन दुराचार गर्नु थियो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार ठमेलको होटल याम्बुको एक कोठामा कमबसलाई ११ वर्षदेखि १४ वर्ष उमेरका तीन बालकसँग आपत्तिजनक अवस्थामा फेला पारेपछि उनको भ्रमणको रहस्योदघाटन भएको हो। ब्युरोको नियन्त्रणमा रहेका कमबसले सुरुमा आफू सम्मानित व्यक्ति भएको भन्दै प्रतिकारसमेत गरे। ब्युरोले होटलबाट समातिएका तीनसहित आठ बालक र कमबसलाई बालक उपलब्ध गराउने लुच्चेलाई पनि हिरासतमा लिएपछि मात्र उनी सामान्य भए।

ुकमबसको नेपाल भ्रमण यसै ९बाल यौन दुराचार० का लागि रहेछ, ऊ एक्लो नभएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ, हामी सञ्जालको खोजीमा जुटेका छौं,ु ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले भने। उनका अनुसार कमबसजस्तै थुप्रै विदेशी र नेपालीलाई पनि लुच्चेले बालक उपलब्ध गराउँदै आएका थिए। नेपाल आउने बाल यौन दुराचारी विदेशीको पहिलो सम्पर्क व्यक्ति लुच्चे भएको सिलवालले बताए।

इलिनोइसका बासिन्दा बताउने ५१७८१७११२ नम्बरको अमेरिकी राहदानी भएका कमबसले आफू ुएप डेभलोपरु भएको ब्युरोका अधिकारीसँग बताएका छन्।  ब्युरोले नियन्त्रणमा लिएको कमबसको मोबाइल र ल्यापटपमा उनले बालकहरूसँग गरेका कुर्कमका तस्बिर र भिडियो पाइएका छन्। ुउनले आफूलाई प्राविधिक भनेपछि शंका लागेर मेटाएका डाटा रिकभर गर्दा धैरे प्रमाण फेला परेको छ, कुर्कमका तस्बिर र भिडियो रिकभर भएका छन, ब्युरोका एसपी  दिवेश लोहनीले भने।

ब्युरोले नियन्त्रणमा लिएका आठैजना बालकलाई आइतबार काठमाडौं जिल्ला अदालतको इजलासमा पेस गरेर बयान प्रमाणित गराएको छ। उनीहरूले इजलास समक्ष केही वर्षदेखि आफूहरूसँग भइरहेका घटनाक्रमबारे बयान दिएको जानकारी एसपी लोहनीले दिए।

ब्युरोका अनुसार लुच्चेले सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, रामेछाप र दोलखासम्म पुगेर विभिन्न प्रलोभनमा पार्दै बालक काठमाडौं ल्याउने गरेका थिए। उनले स्वयम्भूस्थित  डेरामा राखेर बालकलाई तयार पारेपछि विदेशीको मागअनुसार उनीहरूले भनेको स्थानमा पुर्‍याउँथे। ुलुच्चेले गाँउमा गएर सहरमा लगेर पढाउने, जागिर लगाइदिने र पैसा दिने भनेर बालक ल्याउने अनि काठमाडौं ल्याएपछि माग भएको स्थानमा पुर्‍याउने गरेको पाइयो, डिआईजी सिलवालले भने।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us