काठमाडौं । नेकपा एमालेभित्र अब नेताहरुलाई देशभरी स्वतन्त्र गतिविधि र गुटको राजनीति गर्न नपाइने भएको छ । यस्तो नीतिले एमालेमा उत्पात मच्चिएको छ । नेकपा एमाले अध्यक्ष केपी ओलीको गाठोले नेताद्धय माधव नेपाल, झलनाथ खनाल र बामदेब गौतमलाई थाल खाउँकी भात खाउँ जस्तै भएको छ ।
एमाले भित्र अध्यक्ष भए पनि निकै कमजोर बन्दै गएका ओलीले फेरि आफ्नो शक्ती बढाउन दुई नेता कस्ने रणनीति अगाडि बढाएका हुन् ।
पार्र्टीका बरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल र बामदेब गौतमले पनि आफ्नो क्षेत्रबाहेक अन्य क्षेत्रमा पार्टी अध्यक्ष केपीओलीको अनुमति लिएर कार्यक्रम गर्नु पर्ने भए पछि एमाले भित्र खैलाबैला मच्चिएको हो । पार्टीभित्र मौलाएको गुटबन्दी रोक्न पार्टीको नियमावली नै संशोधन गर्दै एमाले कठोर बनेको हो ।
एमाले सचिव प्रदीप ज्ञवालीले हिजो सबै निर्णय गुटसँग जोडिएका अब त्यो हटाउन र एमाले एमाले बन्न यसो गरिएको बताउछन् । उनले नेताहरु देशभरी जहाँ पनि जान पाइने तर सम्बन्धित जिल्लाको इन्चार्ज वाहेक अरुले संगठनका गतिविधिमा चासो राख्न नपाइने बताए ।
आन्तरिक कार्यक्रम गर्दा जो सुकैले पनि पार्टी संगठन पद्धति र अध्यक्षको अनुमति लिनुपर्ने बताए । केन्द्रदेखि जिल्ला हुँदै क्षेत्रसम्म र हरेक जनवर्गीय संगठनमा गुटबन्दी मौलाएपछि एमाले नेतृत्व कठोर बन्दै नियमावली नै संशोधन गर्ने निर्णयमा पुगेको हो ।
केन्द्रीय कमिटीको बैठकले गुटबन्दी रोक्न १० बुँदे विशेष प्रस्ताव पारित गर्दै नियमावली संशोधन गर्ने निर्णय गरेको ज्ञवालीले बताए ।
एमालेले गुटको आधारमा प्यानल बनाएर निर्वाचन लड्न पनि निषेध गरेको छ । पार्टीको आन्तरिक एकता र प्रभावकारी परिचालनका लागि १० बुँदे विशेष प्रस्ताव पारित गर्दै प्यानलमा निर्वाचन लड्न नपाइने व्यवस्था गरिएको उनले बताए ।