Saturday, 24 September 2016

हिन्दी सहित सबै राष्ट्रिय भाषा कामकाजी बनाउन मोर्चाको अडान

काठमाडौं । वर्तमान गठबन्धनसँग तीनबुँदे सहमति गरेर सरकारलाई समर्थन गरेको मधेसी मोर्चाले सबै राष्ट्रिय भाषालाई कामकाजी भाषा बनाउन प्रस्ताव गरेको छ । 

प्रधानमन्त्री प्रचण्ड, दुई उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महरासँग मोर्चाका नेताहरुको भएको पटकपटकको अनौपचारिक छलफलमा मोर्चाले यस्तो सर्त राखेको हो । मोर्चाले प्रदेशअनुसार बोल्ने भाषा फरक हुनसक्ने भन्दै केनै एउटा भाषा लाद्ने नभइ भाषामा राष्ट्र स्वतन्त्र हुनपर्ने तर्कसहित यस्तो सर्त अघि सारेको छ । 

‘हामीले हिन्दीमात्र कामकाजीको भाषा हुनुपर्छ भनेका होइनौं, नेपालमा बोलिने र राष्ट्रिय भाषा घोषणा गरेका सबै भाषा कामकाजी हुनुपर्छ भनेर प्रस्ताव गरेका हो’ छलफलमा सहभागी सद्भावना नेता मनीष सुमनले भने । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us