Tuesday, 20 September 2016

रातो बंगलादेखि लिटिल एन्जेल्स पनि उडाइदिने धम्की ! बम पड्किएपछि निजी स्कूलमा आतंक



काठमाण्डौ । रातो बंगलादेखि लिटिल एन्जेल्स पनि उडाइदिने धम्की दिएपछि गृहमन्त्रालयमा विशेष वैठक बसेको छ । यसअघि बौद्धको आकाशदीप, मनकामना बोर्डिङस्कूलमा बम बिस्फोट गराइयो भने राई स्कूल रइस्टपोल स्कुलमा शंकास्पद पोको भेटिएको थियो । ललितपुरको रेडियन्ट स्कूलमा प्रेसर कुकुर बम भेटिएको छ ।

बौद्ध प्रहरी वृत्तका अधिकृत भन्छन्– अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रका पर्चा भेटिएका छन्, केही व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान सुरु भइसकेको छ ।

तर, निजी स्कूलहरुमा आतंक नै फैलिसकेको छ । गृहस्रोत भन्छ– विभिन्न नाममा शुल्क उठाउन र मासिक शुल्क नघटनाउने हो भने जे पनि हुन्छ भनेर धम्की दिने त्यही तत्वले यो बितण्डा सुरु गरेको हो ।


प्रहरीले सेना बोलाएको छ र प्रहरी, सेना र राष्ट्रिय अनुसन्धान विभाग राजधानीभरि फिरी लगाइरहेको छ भने राजधानी बाहिरका सुरक्षा पोष्टहरुलाई एलर्ट रहन वाकीटकी आदेश दिने काम भइरहेको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us