Sunday, 4 September 2016

केपी ओलीको हावाबाट विद्युत् निकाल्ने प्रस्ताव नै खारेज

काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पालामा निकै चर्चामा रहेको हावाबाट बिजुली निकाल्ने योजना तत्कालका लागि तुहिएको छ ।

भोर्लेनीमा जडान भएको बायु तथा सौर्यउर्जा प्रविधिभोर्लेनीमा जडान भएको बायु तथा सौर्यउर्जा प्रविधि
हावाबाट बिजुली निकाल्ने योजना लगानी बोर्डले अस्वीकृत गरेको हो । लगानीमा समस्या, कुनै अध्ययन नभएको तथा प्रस्तावसमेत चित्त बुझ्दो नभएकाले प्रस्ताव रद्द गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले जानकारी दिए ।

उनले भने, ‘प्रस्ताव नै चित्त बुझ्दो देखिएन, त्यसकारण हामीले हावाबाट बिजुली निकाल्ने प्रस्तावलाई रद्द गर्यौँ । प्रस्ताव गरेको कम्पनीले हावाबाट बिजुली निकाल्न सक्ने देखिएन ।’

बेलायतमा बस्ने एक दम्पत्तिको कम्पनी द गुर्खाज युकेले हावाबाट बिद्युत् निकाल्ने प्रस्ताव गरेपछि तीन हजार मेगावाट विद्युत् निकाल्ने भन्दै बोर्डले प्रारम्भिक स्वीकृति दिएको थियो ।

तर, उक्त कम्पनीको अधिकृत पूँजी एकदमै न्यून रहेको र प्राविधिक रुपमासमेत कमजोर देखिएका कारण प्रस्ताव खारेज गरिएको बोर्डले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us