Friday, 9 September 2016

त्रिशुलीमा खसेको ट्रकको नम्बर प्लेट भेटियो, ट्रकसँगै मान्छे पनि बेपत्ता भएको आशंका

काठमाडौं । शुक्रबार बिहान साढे १० बजे इलाका प्रहरी कार्यालय मुग्लिनमा कसैले खबर गर्यो दाह्रेचोकको घोप्टेभिरबाट एउटा ट्रक त्रिशुलीमा खस्यो। खबर आउने बित्तिकै प्रहरी टोली घटनास्थलतर्फ लाग्यो।

‘सडक छेउमा ट्रकको नम्बर प्लेट र चकलेट, चाउचाउ लगायतका सामान छरपस्ट छरिएको अवस्थामा भेटियो’ मुग्लिनका एक प्रहरीले टेलिफोनमा जानकारी दिए, त्रिशुलीमा खसेको ट्रक देखिएको छैन। 

प्रहरीका अनुसार ना ३ ख ६०१७ लेखिएको नम्बर प्लेट र छरिएको सामान हेर्दा ट्रक खसेको पक्का हो। ट्रकमा कतिजना मान्छे थिए र उनीहरुको अवस्था के छ भन्ने केही थाहा हुन नसकेको प्रहरीले जनाएको छ।

‘नाम नै घोप्टेभिर, ठाउँ निकै साँघुरो र अप्ठेरो छ, प्रहरीले जानकारी दिए, ‘नदी निकै गहिरो र भंगालो भएर बगेकाले पनि खोजी काममा असजिलो भएको छ। दुर्घटनास्थल मुग्लिनबाट काठमाडौंतर्फ झण्डै चार किलोमिटरको दूरीमा पर्छ। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us