काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्यमन्त्री गगन थापालाई आफ्नो निर्देशन कार्यन्वयन गराउन निर्देशन दिएका छन् । आफ्नै कार्यकक्षमा बोलाएर प्रचण्डले गगनलाई हरेक हेल्थ पोष्टमा डाक्टर उपस्थिति तथा डा। गोबिन्द केसीलगायत विषय तथा जनतालाई प्रत्यक्ष आवश्यकता पर्ने स्वास्थ्य क्षेत्रको सुधारका विषयमा आफ्नो निर्देशन कार्यन्वयन गराउन भनेका हुन् ।
प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालले दिएको जानकारी अनुसार गगनसँग प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रको सुधारका विषयमा जानकारी समेत मागेका थिए ।
गगन आफ्नो मन्त्रीमण्डलमा आशा गरिएका ब्यक्ति भएको भन्दै प्रचण्डले केही देखिने र अनुभव हुने काम गर्न गगनलाई सुझाव दिएका थिए । भेटमा गगनले आफ्नो कर्यकालमा केही सुधारका कार्यक्रम गरेर देखाउने प्रतिबद्धता प्रचण्डसँग ब्यक्त गरेका थिए ।