काठमाडौं । प्रहरी र चोरबीच थानकोट माथिको चिहानडाँडा जंगलमा गोली हानाहान भएको छ । ना १ ज ३९४८ नम्बरको टाटासुमो गोल्डु गाडीमा आएका चार जनाले प्रहरीमाथि दुई राउण्ड फायर गरेपछि प्रहरीले जवाफी दुई राउण्ड फायर गरेको थियो ।
गाडीमा शंकास्पद समान ल्याएको आशंकामा प्रहरीले चेकजाँच गरेको थियो । प्रहरी देखेपछि चोरहरु जंगलतिर भागेका थिए । गाडी भित्र दुई चौडाई र साढे एक फिट उचाईको पैसा राख्ने सेफु फेला पारेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता एसपी पद्युम्न कार्कीका अनुसार चोरले गोली फायर गरेपछि प्रहरीले पनि जवाफी कारबाही गरेको हो । कार्कीले भने–ुअहिलेसम्म कोही हताहत भएको खबर आएको छैन । फरार चोरको खोजीका लागि चिहान डाँडा र चन्खद्रागिरी जंगलमा प्रहरी परिचालन गरिएको छ ।