Friday, 16 September 2016

नेपालीको घरमा छापा मार्न आएका भारतीय प्रहरी स्थानीयद्वारा पक्राउ

काठमाडौं । कञ्चनपुरको बेलीराीमा एक स्थानीयको घरमा प्रवेश गर्न खोज्ने दुई भारतीयलाई स्थानीयले नियन्त्रणमा लिएका छन् । हतियारसहित एक स्थानीयको घरमा छापा मार्न आएका भारतीय प्रहरीहरुमध्ये दुईजनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन् ।

बेलोरी नगरपालिका १४ का स्थानीय झुपबहादुर शाहीको घरमा खानतलासी गर्न भन्दै आएका १४ जना भारतीय प्रहरीको जत्था स्थानीयको प्रतिकारपछि भागेका छन ।

भारतीय प्रहरीमध्ये १२ जना भागे पनि दुई जनालाई स्थानीयले पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए । स्थानीय भोडा चौकीले ती भारतीय प्रहरीलाई कञ्चनपुर जिल्ला प्रहरी कार्यालय बुझाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us