Sunday, 11 September 2016

तान्त्रिकले मागे १६ वर्षे युवती, आफ्नै बहिनीको बलि चढाउने तयारी

काठमाडौं । मानव बलि दिए धन र शक्ति आर्जन हुने अन्धविश्वासमा ढोंगी तान्त्रिकको पछि लाग्नेहरुले राजधानीमै मानव खप्पर र हाडखोर किन्ने गरेको खुलेको छ । स्वयम्भूमा गत वर्ष मानव बलि दिने प्रयास गरेको घटनामा पक्राउ परेकाको बयानबाट राजधानीमै मानव खप्पर र हाडखोर किनबेच भइरहेको पाइएको हो ।

उक्त घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले भारतीय तान्त्रिक भनिने कानु पहरीसहित आठ जनालाई पक्राउ गरी अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार पहरीसहित दुई जनाले राजधानीको मित्रपार्कस्थित एक जडीबुटी पसलबाट १९ हजार  रुपैयाँमा मानव खप्पर खरिद गरेको बयान दिएका छन् । प्रहरीले घटनामा पहरीका साथबाट मानव खप्पर, हाडखोर र खुकुरीसमेत बरामद गरेको छ ।

उक्त पसल पहिले प्रेम सिवाकोटीले चलाउँदै आएका थिए । पछिल्लो भूकम्पमा सिवाकोटीको निधन भएपछि बुहारी सीताले चलाउँदै आएकी छन् । गत वर्ष पक्राउ सीतालाई कागजी जमानीमा छाडिएको थियो । ‘उनीहरूले पहिले ससुरासँग लिने गरेको भन्दै मोलसमेत आफैंले तोकेर सीतासँग खप्पर किनेको बयान दिएका छन्,’ ब्युरोका अधिकारीले भने ।

तान्त्रिकको अपत्यारिलो कथा र आश्वासनका पछि दौडँदा अन्जानमै मानव बलिजस्तो जघन्य अपराधले प्रश्रय पाउन लागेको प्रहरीले जनाएको छ । स्वयम्भू घटनामा पक्राउ परेका पहरीले विभिन्न चामत्कारिक कथा, किताब र तस्बिर देखाई आठ जनालाई मानव बलिका लागि तयार पारेको प्रहरी अनुसन्धानले देखाएको छ ।

 बलिका लागि १८ दिनसम्म बन्धक बनाइएकी युवतीभन्दा पहिले समूहले अन्य तीन युवती ल्याएर पहरीलाई देखाएको खुलेको छ । पहरीले तीनै जना नहुने बताएपछि सबै एकपछि अर्को गर्दै फर्केका थिए । पहरीले १६ वर्षे युवती चाहिने अडान लिएपछि आरोपी आठमध्ये एकले आफ्नै बहिनीलाई बलि दिन पूजामा जाने भन्दै ल्याएका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० का प्रमुख डिआइजी नवराज सिलवालले उनीहरू आफूलाई तान्त्रिक भन्ने ठगको विश्वासमा परेर बलिजस्तो जघन्य अपराधका लागि सहमत भएको बयानमा खुलेको बताए । मानव खप्पर जगाएर आफूसँग राखे धनप्राप्ति हुने, सोचेको पुग्ने भ्रममा पर्दा सबैले कारागार पुग्नुपरेको उनको भनाइ छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us