Sunday, 18 September 2016

४ दिने भारत भ्रमण पूरा गरी स्वदेश फिर्ता भएका प्रधानमन्त्री प्रचण्डले भने भारतसँगको सम्बन्धलाइ नयाँ धरातलमा पुर्याए

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । प्रधानमन्त्री प्रचण्ड बिहिबार एक प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतका लागि प्रस्थान गरेका थिए ।

प्रचण्डलाई भारतले राजकीय सम्मान दिएको थियो । भ्रमणका क्रममा नेपाल–भारतवीच तीन बुँदै सम्झौता भएको थियो भने २५ बुँदे संयुक्त विज्ञप्ती जारी गरिएको थियो । यस्तै प्रचण्डले भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरुसहित विभिन्न दलका नेता तथा सरोकारवालाहरुसँग भेटवार्ता गरेका थिए ।

दुइ देशको सम्बन्धलाइ नयां धरातलमा उठाउनलाइ भारत भ्रमण सफल भएको र शान्ती प्रक्रियामा भारतको सहयोग र समर्थन सुरुदेखि नै भएको प्रधानमन्त्री दाहालको दाबी थियो । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us