काठमाडौं । हिन्दु परम्पराअनुसार पितृपक्ष अर्थात सोह्रश्राद्ध आज सकिदै छ । सोह्र श्राद्ध सकिएसँगै भोलिबाट नौरथा सुरु हुँदैछ । आज आश्विन शुक्ल प्रतिपदाका दिन तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सवै मृतकको सम्झनामा श्राद्ध गरिने चलन छ ।
गत आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध अन्तर्गत सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गर्ने गरिन्छ । ज्ञात, अज्ञात सबै पितृको श्राद्ध गरिने भएकाले आजको दिनलाइ सर्व पितृ मोक्ष औंसी समेत भनिन्छ । यस दिनलाई सोह्र श्राद्धको सवैभन्दा महत्वपूर्ण दिन मानिन्छ । आजको दिन पशुपति, वराहक्षेत्र, जनकपुर, मुक्तिनाथ, दामोदर कुण्ड, ऋढि, देवघाट लगायत अन्य धार्मिक स्थलमा गएर श्राद्ध गर्ने चलन रहेको छ ।
यसैबीच, दशैँ नजिकिएसँगै काठमाडौं छाड्नेको संख्या बढ्न थालेको छ । गत २४ घण्टामा विभिन्न नाका भएर ८१ हजार सात सय ९२ जना काठमाडौं बाहिर गएका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यातायात व्यवसायीहरुको मनोमानीका कारण कयौले अझै घर जानका लागि बसको टिकट पाएका छैनन् ।