Friday, 16 September 2016

रेखाको ठाउँमा शिल्पा, छविसँगको सम्बन्ध अझै प्रगाढ बन्दै

काठमाडौं । नायिकापछि रेखा थापालाई अभिनेत्रीदेखि निर्मात्रीसम्म बनाएका छविराज ओझा, रेखाले छोडेर गएपछि त्यही मार्गबाट शिल्पा पोख्रेललाई निर्मात्री बनाउने तरखरमा छन् । योसँगै छविसँग नाम जोडिएर चर्चामा आइरहने शिल्पाको छविराजकै ब्यानरमार्फत निर्मात्री बन्ने भाग्य खुलेको छ । 

अब निर्माण हुने चलचित्र ‘हिफाजत २’ मा शिल्पा निर्मात्री अनि नायिकाको भूमिकामा देखिने भएकी हुन् । अरुको ब्यानरमा काम गर्नुभन्दा छविराज प्रोडक्सनमै पार्टनरसिपमा काम गर्न लागेको उनले बताएकी छिन् । सहकार्यमा काम गर्ने भएपछि छविले पनि शिल्पालाई आफ्नो प्रोडक्सनमार्फत निर्मात्री हुने अवसर दिने भएका छन् ।

अहिले यी दुईको विवाह हुने चर्चा बढेको छ । हल्लासँगै काम पनि बाँडफाँड भएको देख्दा यी दुईले साँच्चिकै विवाह गर्ने हुन् की भन्ने आशंकालाई बल पुगेको छ । हेरौँ शिल्पा रेखाकै बाटोबाट कहाँसम्म पुग्छिन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us