Saturday, 24 September 2016

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना, सबै यात्रु सकुशल

काठमाडौं । सोलुखुम्बुको जुभिङमा माउन्टेन एयरको हेलिकप्टर दुर्घटना भएको छ ।

इन्जिन फेल भएपछि आकष्मिक अवतरण गर्ने क्रममा विमान दुर्घटनामा परेको हो । दुर्घटनाबाट हेलिकप्टरको नोजमा क्षति पुगेको छ ।

सोलुखुम्बु प्रहरीले पाइलट र यात्रु सबै सकुशल रहेको जनाएको छ ।माउन्टेन एयरका अनुसार हेलिकप्टर लुक्लाबाट बिरामी लिन जुभिङ गएको थियो । र, काठमाडौं आउने योजना थियो तर, अवतरणका क्रममा केही समस्या देखिएको थियो । अहिले हेलिकप्टर बिरामी लिएर लुक्ला फर्किएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us