Sunday, 4 September 2016

दोलखालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्यूड भन्दा माथिका २ भूकम्प

काठमाडौं। सोमबार एकाबिहानै दुई पटक भूकम्पको धक्का महसुस गरिएको छ । दुबैपटक दोलखालाई केन्द्रबिन्दु बनाएर परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार गएका दुबै धक्का २०७१ साल बैसाखमा गएको शक्तिशाली भूकम्पको परकम्प हो ।

सोमबार बिहान ६ बजेर २२ मिनेटमा पहिलो धक्का महसुस गरिएको थियो । ओरङ र बिगुको बीचमा केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको परकम्प गएको हो ।

लगत्तै ७ बजेर ४९ मिनेटमा अर्को धक्का महसुस भयो । दोस्रो धक्का पहिलोको तुलनामा केही शक्तिशाली थियो । भूकम्प मापन केन्द्रका अनुसार दोस्रो धक्का ४.५ म्याग्निच्यूडको थियो भने माबु नजिकै केन्द्रबिन्दु थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us