Thursday, 15 September 2016

फेसबुक फ्रेन्डलाई बलात्कार गरेको अभियोगमा नेपालीलाई ६ वर्ष जेल सजाय

काठमाडौँ । फेसबुकमा साथी बनेकी युवतीलाई पछ्याउँदै बलात्कार गरेको अभियोगमा एक नेपाली युवकलाई अस्ट्रेलियाको अदालतले ६ वर्षको जेल सजाय सुनाएको छ। द एजुका अनुसार २९ वर्षीय नेपाली अन्जन श्रेष्ठले युवतीको फेसबुक पोस्टका आधारमा पछ्याउँदै नाइट क्लबसम्म पुगेको र त्यहाँबाट निस्किएपछि बलात्कार गरेको अभियोगमा सजाय सुनाइएको हो। 

अन्जनले भने अदालतमा आफू निर्दोष रहेको र युवतीको सहमतिमै यौन क्रियाकलाप भएको जिकिर गरेका थिए। घटना दुई वर्षअघिको हो। अदालतले फैसला भने बुधबार गरेको हो। 

घटनापछि पक्राउबाट बच्न अन्जनले आफ्नो फेसबुक डिटेल परिवर्तन गरेका थिए। सन् २००६ मा नेपालबाट अस्ट्रेलिया आएका उनको त्यहाँ पार्टनर रहेको र पहिलो बच्चा जन्मन लागेको पत्रिकाले जनाएको छ।  

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us