काठमाडौं । सञ्चार मन्त्रालय अगाडिको भवनमा साना दलको संसदीय दल कार्यालय छ । तल्लो तलामा ४ वटा र माथिल्लो तलामा दुईवटा । तल्लोमा अनिल कुमार झा, राजकिशोर यादव, मेघराज निषाद र प्रेमबहादुर सिंहको कार्यालय छ भने माथिल्लोमा लक्ष्मणलाल कर्ण र यशोदाकुमारी लामाको ।
नियति कस्तो भो अनिल कुमार झा पूर्वउद्योगमन्त्री, राजकिशोर यादव पूर्वसंचारमन्त्री, मेघराज र प्रेमबहादुर सिंह अघिल्लो केपी सरकारका मन्त्री ।
यही बीचमा पार्टी कार्यलय भएकी रुक्मिणी चौधरीचाहिँ अहिलेसम्म चिल्लै । ‘दायाँ–बायाँ, माथि बस्ने सबैका नामका अगाडि पूर्वमन्त्री झुण्डिन्छ÷त्यसले केही गर्दैन, बरु थारु समुदायको माग सम्बोधन नभई मलाई मन्त्री बन्नु छैन, मन्त्री चाहिया छैन ।
केपी ओली, बाबुराम भट्टराई सबैले मन्त्री खान आऊ भनेको हुन् तर मैले इच्छा देखाइँन,’ उनले भनिन् । आजको जनआस्था साप्ताहिकमा खबर छ ।