काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमणको मुखमा आएर एक भारतीय दैनिकलाई विवादपूर्ण अन्तर्वार्ता दिएका छन् ।
दाहालले हिन्दुस्तान टाइम्सुको हिन्दी संस्करणलाई दिएको अन्तरर्वार्तामा भारतलाई खुसी पार्ने आसयका थुप्रै अभिव्यक्ति दिएका छन् । सरकारमा जाने निश्चित भएसंगसंगै आफैले जारी गरेको संविधानमाथि विषवमन गर्दै हिडेका दाहालले हिन्दुस्तान टाइम्ससंगको वार्तामा पनि संविधानप्रति अविश्वास प्रकट गरेका छन् ।
उनले मधेसवादी दलहरुको मागको सम्बन्धमा सोधिएको एक प्रश्नको जवाफ दिनेक्रममा निर्माणको क्रममा आफ्नो पार्टीले ‘नोट अफ डिसेन्ट’ लेखेका कारण मधेसवादी दलहरुका मागको सम्बन्धमा आफू गम्भीर रहेको बताएका छन् ।
हिन्दुस्तान टाइम्सको अर्को एक प्रश्नको उत्तर दिदै दाहालले भनेका छन् नेपालभारत बीचको विश्वासलाई अझ बलियो बनाउन आफू भारत भ्रमणमा जान लागेको बदाउँदै पहिला प्रधानमन्त्री हुँदा आफूले गल्ती गरेको समेत बताएका छन् । उनले आफ्नो भ्रमण पछि दुईदेशको सम्बन्ध प्रगाढ हुने बताएका छन् ।
दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूलाई तुलना गर्दै मोदी र आफ्नो स्वभाव पनि मिल्लने र सोचाईसंगै काम गर्ने ढंग पनि मिल्ने बताएका छन् । अन्तर्वार्ताका क्रममा दाहालले मोदीसंग आफ्नो केही कुरामा समानता रहेको समेत दावी गरेका छन् ।