Sunday, 11 September 2016

केटी जिस्क्याउने युवकको साथबाट पेस्तोल र ८५ राउन्ड गोली बरामद

काठमाडौं ।  बेलाटारीस्थित त्रिभुवन उच्चमाविमा अध्ययनरत छात्रा जिस्क्याउने युवकबाट प्रहरीले पेस्तोल सहित ८५ थान गोली बरामद गरेको छ । 

विद्यालयमा पठनपाठन भैरहेको अवस्थामा शिक्षकको खिल्ली उडाउने र केटी जिस्काउँदै गरेका गुठिप्रसौनी गाविसका १८ वर्षीय सुनिल कम्कर, सन्तोष कम्कर र अशोक कुश्वाह विरुद्ध विद्यालयले नजिकको प्रहरीमा उजुरी गरेपछि पक्राउ परेका उनीहरुबाट एउटा नयाँ पेश्तोल र त्यसमा प्रयोग हुने ८५ वटा गोली र चक्कु बरामद भएको हो । 

उनिहरुले प्रयोग गर्ने युपी ५० एयू २०६८ नम्बरको भारतीय मोटरसाइकलको सिटमुनि लुकाइ राखेको पेस्तोल, गोली र चक्कु बरामद भएको हो ।

पक्राउ परेका मध्ये दुईजना कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी हुन् भने कुश्वाह भारतको बनारस हिन्दु विस्वविद्यालयमा शिक्षा विषयमा स्नातक दोश्रो वर्षमा पढ्दै गरेका छात्र हुन् ।

इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षकका अनुसार उनिहरुबाट बरामद सानो पेस्तोल भारतमा बनेको हो । अनुसन्धानमा भारतीय बजार इटैयाबाट किनेर ल्याएको खुलेको छ । 

पक्राउ परेका मध्ये उनलाई छुटाउन भारतिय सुरक्षाकर्मीबाट दबाब आएको प्रहरी निरिक्षकले बताएका छन् । कुश्वाह पक्लिहवाका समाजसेवी मुरारी पहलमान कोइरीका छोरा हुन । 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us