Wednesday, 28 September 2016

चिनियाँ राष्ट्रपति सी नेपाल नआउने भएपछि प्रधानमन्त्री प्रचण्डले सिलाई भारतमा भेट्ने

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण तत्काल नहुने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले यही महिनाको अन्तिम साता चिनियाँ राष्ट्रपतिसँग भारतमा भेटवार्ताका लागि तयारी अघि बढेको छ ।
भारतको गोवामा असोज २९ र ३० गते भारतले आयोजना गर्ने ब्रिक्सु सदस्य राष्ट्रहरूको आठौं शिखर सम्मेलनमा सहभागी हुने क्रममा दाहालले चिनियाँ राष्ट्रपतिसँग भेट्ने लगभग निश्चित भएको हो ।प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. ऋषि अधिकारीले चिनियाँ राष्ट्रपतिसँग गोवामा भेटवार्ता लगभग निश्चित रहेको बताए ।

कूटनीतिक च्यानलबाट चिनियाँ राष्ट्रपतिसँग भेटवार्ताका लागि पहल भइरहेको छ । भेट हुने लगभग निश्चित छु, अधिकारीले भने । प्रधानमन्त्री असोज २८ गते गोवा जाने कार्यक्रम रहेको अधिकारीले जानकारी दिए । प्रधानमन्त्री गोवा जानु हुन्छ । यस सम्बन्धमा औपचारिक निर्णय हुन बाँकी छु, उनले भने । नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहालले पार्टी केन्द्रीय सचिवालय बैठकमा सोमबार बोल्दै चिनियाँ राष्ट्रपतिसँग ब्रिक्स सम्मेलनमा भारतमा भेट हुने तय भएको जानकारी दिएका छन् ।

ब्रिक्स शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपतिसँग मेरो भेट हुनेछ र उहाँको नेपाल भ्रमणको मितिबारे कुराकानी हुनेछु, उनले भने । प्रधानमन्त्रीका विशेष दूतका रूपमा अघिल्लो महिना चीन गएका अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ पक्षसँग राष्ट्रपति सी ब्रिक्स शिखर सम्मेलनमा जाँदा या त्यहाँबाट स्वदेश फर्कंदा नेपाल भ्रमणका लागि समय मिलाउन अनुरोध गरेका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us