Friday, 16 September 2016

अनुगमन सुरु भएपछि विराटनगरका औषधि पसलेहरु यसरी भागे

मोरङ । मोरङमा औषधि पसलहरुको अनुगमन शुरु गरिएपछि व्यवसायीहरु औषधि पसल नै बन्द गरेर भाग्ने गरेका छन् । अधिकांश औषधिहरु नियम र कानून विपरित भएकाले अनुगमनको सामना गर्न नसकेको ठहर गरिएको छ ।

औषधि व्यवस्था कार्यालय विराटनगरको नेतृत्वमा विराटनगरमा औषधि पसलहरुको अनुगमन शुरु गरिएको हो । अनुगमनका क्रममा अधिकांश औषधि पसलले प्रमाणपत्र नै नलिएको र प्रमाणपत्र लिएको औषधि पसलमा अनधिकृत व्यक्तिले औषधि बेचेको पाइएपछि आधा दर्जन औषधि पसलमा तालाबन्दी गरिएको छ । उनीहरुलाई ७ देखि १५ दिन सम्म निलम्बन सम्मको कारवाही गरिने औषधि व्यवस्था कार्यालय विराटनगरका प्रमुख शम्भु साहले जानकारी दिनुभयो ।

औषधि ऐनमा भएको फितलो कारवाहीका कारण अधिकांश औषधि पसल अनियमित तरिकाले संचालन भएको पाइन्छ । एकातिर पर्याप्त अनुगमन नहुने र अर्कोतिर फितलो कारवाहीका कारण औषधि पसलहरु नियम विपरित संचालन भईरहेकाले कडा कानुन ल्याउन सर्वसाधारण उपभोक्ताले माग गरेका छन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us