काठमाडौं । हिन्दी भाषालाई सरकारी कामकाजको भाषा बनाउने, टीकापुर घटनाका दोषीहरुलाई उन्मुक्ति दिने, नेपाल सरकार र भारतीय दुतावासलाई समान स्तर बनाउने, विदेश मामलामा नेपाल र भारतको एउटै धारणा हुनेछ भनी प्रचण्ड सरकारले हालै भारतसँग गरेको सम्झौता खारेजीको माग सहित अनेरास्ववियु त्रिबि जिल्ला कमिटिले खबरदारी जुलुस निकालेको छ । पृथ्वीनारायण क्याम्पस गेटबाट सुरु भएको जुलुस, बिन्ध्यवासिनी चोक, माथिल्लो क्याम्पस गेट हुदै पुनः पृथ्वीनारायण क्याम्पस गेट अगाडि आएर कोण सभामा परिणत भएको थियो ।
जुलुसमा सहभागी विद्यार्थीहरुले हाम्रो भाषा हाम्रो देश प्राण भन्दा प्यारो छ, कठपुतली सरकार मुर्दावाद, कैलाली हत्याकाण्डका दोषिलाइ कारबाही गर लेखिएका प्लेकार्ड बोक्दै नारा लगाएका थिए । कोण सभालाइ सम्बोधन गर्दै अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य नरेश रोकायले वर्तमान सरकारले भारतसँग गरेका सम्झौता राष्ट्रघाती भएको बताउदै सरकारका गलत कदम विरुद्ध अनेरास्ववियुले आन्दोलनको सुरुवात गरेको बताए ।