Saturday, 24 September 2016

फिलिपिन्समा ६.५ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गयो, क्षतिको विवरण आउन बाँकी

फिलिपिन्स । फिलिपिन्सको उत्तरी क्षेत्रमा शनिबार शक्तिशाली भूकम्प आएको छ । स्थानीय समयअनुसार बिहान ०६:५३ बजे ६.५ म्याग्नीच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ अनुसन्धान केन्द्रले पुष्टी गरेको छ ।

भूकम्पबाट बच्न त्यस क्षेत्रमा रहेका मानिसलाई घरबाहिर खुल्ला ठाउँमा बस्न आह्वान गरिएको छ । अहिलेसम्म कुनै क्षति र घाइतेको विवरण आइसकेको छैन ।

यसैगरी रुवान्डामा पनि ४।८ म्याग्नीच्युडको भूकम्प गएको सो भूगर्भ अनुसन्धान केन्द्रले जनाएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us