काठमाडौं । कामको थकान, हर्मोनमा आउने परिवर्तन, कुनै बिमारी अनि अस्वस्थकर खानपानका कारण दुब्लोपन अनि कमजोरी हुन सक्दछ। वजन अधिक कम हुँदा शरीरको रोग प्रतिरक्षा प्रणाली कमजोर हुन्छ। फलतस् रोगहरुले च्याप्ने गर्छ। यहाँ केही सजिला घरेलु उपायको चर्चा गरिएको छ जसले यी समस्या निर्मूल पार्न सक्छ।
१) एक गिलास दुधमा आधा चम्चा दालचिनीको धुलो र एक चम्चा मह मिलाएर दैनिक पिउने गर्नुस्।
२) १०-१५ सुकेको अंगुर (किसमिस) तातोपानीमा राती भिजाउनुस्। बिहान यसको पानी र दाना खानुस्।
३) राती ६-७ चम्चा चनाको दाललाई काँचो दुधमा भिजाएर राख्नुस्। बिहान यसमा ५(६ किसमिस र मिश्री मिलाएर खानुस्।
४) १_१ चम्चा मह र बेसार मिसाउनुस्। यसरी नियमित खाँदा दुब्लोपन टाढा भाग्छ।
५) ४-५ छोकडा २-३ काजू, २ बदाम, र एक गिलास दुध उमाल्नुस्। यसमा दुई चम्चा मिश्री मिलाएर नियमित सुत्नु अघि पिउनुस्।
६) बिहान बेलुका २ वा ३ केरासंगै एक गिलास दुध पिउँनुस्।
७) अमलाको धुलो ९वा अमला० सगं मिश्री मिसाएर सुत्नु अघि नियमित खानुस्।
८) खाना खाएपछि दुई चम्चा घ्यूमा एक चम्चा मह मिसाएर खानुस्।
९) सुप र मिश्री बराबर मिसाएर नियमित दुई चम्चा (धुलो बनाएर) खानुस्।
१०) २ चम्चा मेथीलाई एक गिलास पानीमा करिब ५ घण्टा भिजाउनुस्।
अनि उमाल्नुस् र छानेर २ चम्चा मह मिसाएर पिउनुस्।