Monday, 19 September 2016

केराको बोक्रा प्रयोग गर्नुहोस् यि १० फाइदा लिनुहोस्

यी हुन केराका बोक्रा प्रयोग गर्नुका फाइदाहरु -

१) दाँतलाई सेतो बनाउन स् प्राकृतिक सेतो दाँत पाउनको लागि एक हप्ता दैनिक केराको बोक्राले दाँत सफा गर्ने गर्नुस् ।

२ छालामा भएको खटिरा, डन्डीफोर हटाउंछ स् केराको बोक्राले खटिरा, डन्डीफोरहरु हटाउंछ र पछि फेरी आउनबाट पनि रोक्छ र खटिरा, डन्डीफोर भएको ठाउँमा केराको बोक्रालाई दल्ने र रात भर छोड्ने, यसो गर्दा खटिरा, डन्डीफोरहरु कम हुन्छ।

३ केराको बोक्रा खाना पकाउदा पनि प्रयोग गर्न सकिन्छ।

४ अनुहारमा भएको घाउको दाग हटाउन मद्दत गर्छ स् केराको बोक्रा र मह मिलाएर अनुहारमा दल्दा अनुहारमा भएको दागहरु कम हुन्छ ।

५  चाउरी पर्नबाट बचाउँछ स् केराको बोक्रा अनुहारको लागि एक दमै लाभदायी हुन्छ्र केराको बोक्रामा एंटी ओक्सिडेन्ट हुन्छ जसले अनुहारमा चाउरी पर्न दिदैन र छालालाई पनि तन्दरुस्त  राख्छ।

६  दुखाइ कम गर्ने औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ स् कुनै घाउ भएको छ भने, केराको बोक्रालाई तेल सरह १५ मिनेट जति मालिश गर्दा दुखाइ कम हुन्छ ।

७  चिलाएको कम गर्छ स् चिलाएको ठाउँमा केराको बोक्रा दल्दा चिलाएको कम गर्छ।

८  किराको टोकाईको उपचार स् किराको टोकाईले चिलाउने र दुख्ने हुन्छ, त्यो टोकेको ठाउँमा केराको बोक्राले मालिस गर्दा दुखाइ र चिलाई कम हुन्छ।

९  अल्ट्राभाइलेट किरणहरुबाट बचाउन्छ स् केराको बोक्राले मोतिबिन्दु हुनबाट बचाउछ। यो आखाँमा लगाउँदा यसले आखाँलाई अल्ट्राभाइलेट किरणहरुबाट बचाउछ।

१०   सफा गर्न स् घरमा जुत्ता, चाँदीको गहना र छालाका समानहरु सफा गर्न सकिन्छ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us