Saturday, 10 September 2016

सिंचाइ मन्त्रीले कार्यक्रममै भने म मन्त्री मात्र होइन गुण्डा पनि हुँ‘.....

दाङ । सिँचाइ मन्त्री एवं कांग्रेस नेता दीपक गिरीले आफू गुन्डासमेत भएको बताएका छन् । पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्दै टेलिफोन गर्ने कार्यकर्तालाई थर्काउने क्रममा मन्त्री गिरीले आफू गुण्डा भएको बताएका हुन् ।

मन्त्री गिरीले टेलिफोनमा कार्यकर्तासँग भनाभन हुँदै गर्दा भने म गुण्डा पनि हुँ फेरि । मन्त्री गिरी र उनका कार्यकर्ता वीचको टेलिफोन सम्वादअनुसार प्रहरीले कांग्रेसका केही कार्यकर्तालाई पक्राऊ गरेको र छुटाउन मन्त्री गिरीलाई आग्रह गरिएको छ ।

गिरीले आफू उनीहरुलाई छुटाउन लागिरहेको तर, डीएसपीको फोन नउठेकाले समस्या परेको बताएका छन् । उनले पटक(पटक भनेका छन्  त्यो डीएसपीले फोनै उठाउँदैन त म के गरौं यार 

कार्यकर्ताले, ‘तपाईले यति पनि गर्न सक्नुहुन्न रु तपाईलाई जिताएर पठाएको के काम भो रु’ भन्दै असन्तुष्टि जनाएपछि जवाफमा मन्त्री गिरीले कार्यकर्तालाई भने ‘तैँले के गर्न सक्छस् रु म गुण्डा पनि हुँ नि फेरि ’ भनेको प्रष्ट सुनिन्छ ।

तुलसीपुर नगरपालिका बटलपुरका एक थारु कार्यकर्ताले पक्राउ परेका आफ्ना साथीलाई छुटाउन आग्रह गर्ने क्रममा यो सम्वाद भएको हो ।

यसैबीच मन्त्री गिरीसँग यसबारे प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमा आएनन् । उनका स्वकीय सचिव युवराज बिसीले यस्तो भनेको बारे आफूलाई थाहा नभएको बताए ।

उनले भने, ‘मन्त्रीज्यू बिधीको शासन अनुसार चल्नुपर्छ भन्ने मान्यता राख्ने नेता हो । कसैले कानुन विपरित काम गर्छ भने त्यस्तालाई संरक्षण गर्न हुन्न ।’

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us