श्रीनगर । भारतको उत्तरी राज्य जम्मु- कश्मिरस्थित सेनाको एक क्याम्पमा भएको हमलामा कम्तिमा १७ जना सैनिक मारिएका छन् ।
२६ वर्षयता पहिलो पटक सेनाको ब्रिगेड हेडक्वार्टरमै आइतबार बिहान आतंकवादी हमला भएको हो । लाइन अफ कन्ट्रोल (एलओसी) नजिकै उरी क्षेत्रमा रहेको सेनाको हेडक्वार्टरमा आतंककारीको समूह पसेर आक्रमण गरेका हुन् । आक्रमणपछि केही ब्यारेकमा आगो पनि लागेको छ। भारतीय सेनाको उत्तरी कमाण्डका अनुसार यो हमलामा १७ जना सैनिक ब्यारेकमै मारिएका छन् ।
आक्रमणपछि केही ब्यारेकमा आगो पनि लागेको छ। भारतीय सेनाको उत्तरी कमाण्डका अनुसार यो हमलामा १७ जना सैनिक ब्यारेकमै मारिएका छन् । ब्यारेकमै धावा बोलिएपछि तुरुन्त जबाफी कारबाहीमा उत्रेको थियो । घटनास्थलमा भारतीय सेनाको प्याराकमाण्डोको टोली पनि उतारिएको छ ।
यो क्रममा आक्रमणमा संलग्न चारजना आक्रमणकारी पनि मारिएका छन् । भारतीय गृहमन्त्री राजनाथ सिंहले यो आक्रमणपछि विदेश यात्रा रद्ध गरेका छन् । उनले तत्कालै आपतकालिन बैठक बोलाएका छन् । रक्षा मन्त्री र सेना प्रमुख कश्मिरको यात्रामा निस्केका छन् । दुई वर्षअघि पनि कश्मिरको यसै इलाकास्थित सेनाको भवनमा आक्रमण गरिँदा कम्तिमा १० जना सैनिक मारिएका थिए ।
भारतीय सञ्चारमाध्यमका अनुसार देशमा रहेका कुनै पनि सैनिक क्याम्पमा भएको यो सबैभन्दा ठूलो हमला हो । आठ महिनाअघि पञ्जावको पठानकोट एयरबेसमा हमला हुँदा सातजना भारतीय सैनिक मारिएका थिए । १६ वर्षअघि दिल्लीको लालकिल्लास्थित सैनिक बेसमा हमला हुँदा तीनजना सैनिक मारिएका थिए ।
कश्मिरमा २६ वर्षयताकै सबैभन्दा ठूलो हमला भएको हो । जम्मु कश्मिरमा सन् १९९० देखि अशान्ति रहँदै आएको छ । २६ वर्षमा पहिलो पटक कुनै पनि भारतीय सैन्य क्याम्पमा यति ठूलो आक्रमण भएको हो ।
आज आक्रमण भएको सेनाको क्याम्प पाकिस्तानको सीमानासँगै जोडिएको छ । जहाँ आठवटा सेनाका युनिटको ब्यारेक रहेको छ । यसभन्दा अघि डिसेम्बर २०१४ मा उरी क्षेत्रमै झेलम नदीको बाटो हुँदै चारजना आतंककारी पसेको भारतीय सञ्चारमाध्यले जनाएका छन् ।
उनीहरुले मोदीको कश्मिर यात्रा भन्दा चारदिनअघि यसै क्याम्पसहित चारवटा स्थानमा हमला गरेका थिए । यो घटनामा आठजना सेना र तीनजना पुलिसका जवान मारिएका थिए । अक्टोबर २००१ मा जैस ए मोहम्मदले श्रीनगरमा जम्मु कश्मिर विधानसभा भवनमा जीपमार्फत बम आक्रमण गरेका थिए । यो घटनामा ३८ जना मारिएका थिए ।
भारतीय सेनाका प्रवक्तालाई उधृत गर्दै आएको समाचार अनुसार आइतबार बिहान ४ बजे आतंककारी एलओसीसँगै जोडिएको उरी क्षेत्रस्थित सेनाकव ब्रिगेड हेडक्वार्टरमा पसेका थिए । चारजना हमलाकारी सेनाको ब्यारेक परिसरमा लगाइएको तार काटेर क्याम्पमा घुसेको खुलेको छ । त्यसपछि उनीहरुले बम आक्रमण गरेका थिए ।
हमलाकारीहरुले हेडक्वार्टरको प्रशासनिक भवनमा आगो लगाइदिएका थिए । कश्मिरको तनावलाई ध्यान दिँदै गृहमन्त्री राजनाथ सिंहले अमेरिका र रुसको यात्रा तत्काललाई रद्द गरेका छन् । उनले आपतकालिन बैठक बोलाएका छन् जसमा जासुसी संस्थाहरु रअ र आईबीका अधिकारीहरु सहभागी भएका छन् ।