Wednesday, 28 September 2016

श्रीमानले बिदेशमा कमाएको आठ लाख लिएर श्रीमती टाप कसेपछि

मलेसिया । चार वर्षसम्म कमाएको पैसा लिएर श्रीमती अकैंसँग टाप कसेपछि कस्तो होला ? यस्तै पीडा ब्यहोर्नु परेको छ नवलपरासी तम्सरीयाका प्रेम कुमालले ।

चार वर्ष अगाडि रोजगारीका लागि मलेसिया आएका प्रेमले कमाएको पैसा सवै श्रीमतीको नाममा पठाउने गरेका थिए । गएको अगष्ट २८ तारिखमा दार्चुलाका एक ब्यक्तिसँग श्रीमती हिडेपछि उनका सवै सपनाहरु मलेसियामै रोकिएका छन् ।

मलेसियामा प्रतिमहिना एक हजार रिगेट तलवमान कायम हुँदा समेत पुरानै तलवमान पाचँ सय ४६ रिगेटमा उनले काम गरिरहेका थिए । घरमा आमा, वुवा एक छोरा, एक छोरी तथा श्रीमतीलाईछाडेर परदेशिएका प्रेमले आफनै श्रीमतीवाट धोकापाएका छन् ।

सोमवार मात्र नेपाल फर्किएका प्रेमले श्रीमतीको नाममा मुद्दा दर्ता गराउने सोच वनाएका छन् । त्यत्रो पैसा कहाँ त्यसै छाड्न सकिन्छ रगत पसिना गरेर कमाएको हो कुनै हालतमा पनि उनले भने । भने । प्रेम क्वालालम्पुरमा रहेको लनचुङ फुड कम्पनीमा काम गरेका थिए ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us