काठमाडौं । साढे ८:३० बजे धादिङ बेँसीबाट हिँडेको थियो। बसमा सिटमा मात्र यात्रु थिए। गाडीको बीचमा कोही उभिएका थिएनन्। व्यापारीले दशैँका लागि भनेर हुटमा फेन्सी सामान हालेका थिए। लपाङ फेदिमा पुगेपछि चालकले खाना खान बस रोके। हामी सबै गाडीबाट ओर्लियौं।
बस सडक डिलको पर्खाल भत्काएर तल झर्यो। बझारिँदै तल खस्यो। तल पुगेर बजारिएपछि गाडीको गति रोकियो। यसो हेरेको चालकको टाउको सिटमा थिएन, शरीर मात्र थियो।
म हजुर बुवासँगै ९पदमबहादुर थापा मगर० उहाँको पेन्सन लिएर फर्किंदै थिएँ। मारपाक गाविसबाट हामी ४ जना बसमा चढेका थियौं। लपाङ फेदिमा खाना खाइसकेपछि बस उकालो लाग्यो। बाटो भिरालो थियो। भिरालो बाटोको डिलपट्टिबाट बस गुडिरहेको थियो। ढिलमा सानो पर्खाल पनि थियो। सडक कच्ची थियो। उकालो बाटो आयो।
उकालो कट्नै लागेको थियो बस एक्कासि अनियन्त्रित भयो। चालकले ब्रेक हाने। बसभित्र कोकोहोलो मच्चियो। सबै अत्तालिएर कराए, चिच्याए। गुहार गुहार भन्न थाले।
म चालक बस्ने सिटको ठिक पछाडि थिएँ। सिटभन्दा माथिपट्टि सामान राख्ने ठाउँको डण्डीलाई समातेँ। गाडी जता जता कोल्टियो। मैले जिउलाई लचकदार बनाएर त्यतै त्यतै कोल्ट्याएँ। बस सडक डिलको पर्खाल भत्काएर तल झर्यो। यस दुर्घटनामा परि १९ जनाको ज्यान गएको थियो ।