Friday, 30 September 2016

दाह्रीवाल केटीको मनछुने कथा

हामीलाई जीवनका सानातिना घटनाले विचलित बनाउँछ । एक सुन्दरी किशोरी, जोे जीवनको नयाँ लय समात्ने क्रममा थिइन् । बढ्दै गएको उमेरसँगै हुँदै गएको जिउडालको परिवर्तनले अनौठो महशुस गराउने नै भयो, रोमाञ्चित पनि । हरमान कौर नामकी किशोरी । जो आफ्ना साथीको तुलनमा चाँडै बढ्न थालिन् । उनको जिउडाल देखेर उनको साथीहरु पनि ईश्र्या गर्थे– आहा कस्ति राम्री भ’को तिमी ? तर, त्यो रुपरंग धेरैदिन अनुभवै गर्न पाइनन् । 

१३ वर्षको उमेरमा एकदिन ऐनामा हेर्दा गालामा दाह्री जस्तै देखिन् । दोस्रो, तेस्रो दिन दाह्री झांगिदै ठ्याक्कै आफ्ना पिताको जस्तै बन्यो । महिलामा हर्मोनको गढबढीले हुने एक प्रकारको रोग ‘पोलिसिस्टिक ओभरी सिन्ड्रोम’ले उनको दाह्रीजुँगा आएको थियो । त्यसपछि शरीरका अन्य भागमा पनि रौं बाक्लिन थाले । उनी तिनै राम्री भन्ने स्कुलका साथीको खिसी, ठट्टा र हाँसो पात्र बन्न थालिन् । धेरै जनाका लागि अनौठो पात्र भइन् । यसले उनमा निराशा बढ्दै गयो । सबले उनको रुप देखेर कमेन्ट गर्न थालेपछि उनी डिप्रेशनमा गइन् । एकदिन उनले झ्यालढोका बन्द गरिन् र आत्महत्याको तयारी गरिन् ।

यही बेला उनको मनमा अनौठो सोच जाग्यो । उनलाई लाग्यो आत्महत्या गर्नका लागि खर्चिने ऊर्जालाई दाह्रीवाली केटीका रुपमा पहिचान बनाउन किन नखर्चिने रु किन आफू जस्तै रोगबाट पीडितहरुको जीवनमा सकरात्मक परिवर्तन नल्याउने रु त्यसपछि उनले एक फोटोग्राफरसँग तस्बिर खिचाइन् र सोसियल मिडिया मार्फत् आफूलाई एक्सपोज गरिन् । 

जीवनमा आउने जुनसुकै परिवर्तनमा पनि धैर्यताका साथ सामना गर्न अरुलाई सम्झाउन थालिन् । उनको फेसबुकमा हजारौं फलोवर छन् । जहाँ उनी प्रेरणादायी, ऊर्जा जगाउने र सकरात्मक सोच ल्याउने स्ट्याटस र कहानी पोष्ट गर्छिन् ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us