Wednesday, 28 September 2016

साथीकी छोरीमाथि यौन दुव्र्यावहार गर्ने नेपाली सेनाका कर्णेल परे फन्दामा

काठमाण्डौ । घनिष्ठ साथीकी नाबालिका छोरीमाथि यौन दुव्र्यवहार गरेबापत जंगीअड्डाभित्र थुनिएका कर्णेल प्रेमकुमार थापा सेवाबाट बर्खास्त भएका छन् ।

कोर्ट अफ इन्क्वायरीबाट दोषी ठहरिएका उनलाई सैनिक अदालतले भविष्यमा सरकारी नोकरीका निम्ति अयोग्य नठहरिने गरी अस्ति जागिरबाट निकालेको हो । यो फैसलासँगै डेढ महिनादेखि थुनिएका उनलाई श्रीमतीले हिरासतबाट बुझेर घर लगेकी छन् ।  बढुवा भएर कार्यभार सम्हाल्न जुम्ला जान नपाउँदै उनी समातिएका हुन् ।

सुरक्षा फौजभित्र अनुशासन उल्लंघनको मात्रा कति डरलाग्दो भने हाल संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत शान्ति स्थापनार्थ विशेमा कार्यरत एकजना प्रहरी अधिकृत हाकिमहरुलाई अश्लील गालीसहितको पत्र पठाएपछि कारबाहीमा पर्न लागेका छन् ,जनआस्था साप्ताहिकमा खबर छ ।

ज्ञानबहादुर खत्रीको उनको नाम , असार १२ गते आफूसँगै साथीहरु इन्स्पेक्टरमा बढुवा भएको असन्तुष्टिस्वरुप खत्रीले महानिरीक्षकलगायत बढुवा समितिका हाकिमविरुद्ध अश्लील शब्द प्रयोग गर्दै उजुरी पठाएका थिए ।

उक्त उजुरीको मागदाबी ठहर नहुने भन्दै त्यसलाई खारेज गरेर अनुशाुसनको कारबाहीस्वरुप खत्रीलाई सुडानबाट फर्काउन लागिएको छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us