Wednesday, 14 September 2016

‘डान्स प्लस टू’को उत्कृष्ट ३ मा परेका सुशान्त काठमाडौं आउँदै

काठमाडौं । पछिल्लो समय भारतीय विभिन्न टेलिभिजन च्यानलमा सञ्चालन भइरहेको रियालिटी ‘शो’हरुमा नेपालीहरुको आर्कषण बढ्दो छ । आर्कषर्णको साथै सहभागीता जनाउनु र प्रतियोगीता जितेको उदाहरण पनि हामी माझ उतिनै रहेको छ ।

हालै भारतीय च्यानलबाट प्रसारण भइरहेको नृत्यमा आधारित रियालिटी शो ‘डान्स प्लस टु ’को उत्कृष्ट तीनमा नेपाली युवा सुशान्त खत्री छनोट भएका छन् ।काठमाडौको कपनमा बस्ने सुशान्त आज ९बुधबार० साँझ ७ बजे काठमाडौँ आउँदैछन् ।

डान्स प्लस टूको टेलिभिजन क्र्युसँगै नेपाल आउन लागेको सुशान्तले काठमाडौँ रहँदा बिभिन्न कार्यक्रममा सहभागिता जनाउने उनका बुवा हनुमान खत्रीले जानकारी दिए ।

नेपाली प्रशंसकहरुलाई धन्यवाद दिन काठमाडौँ आउन लागेका सुशान्तलाई स्वागत गर्ने बुधबार साँझ नुत्यप्रेमी युवाहरुको ठूलौ जमात त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेला हुँदैछ । उनी आउँदो शुक्रबार मुम्बई फर्किंदै छन्

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us