Wednesday, 14 September 2016

४ दिने भ्रमणका लागि प्रधानमन्त्री प्रचण्ड जम्बो टोलीका साथ भारत प्रस्थान, को को छन भ्रमणमा लौ हेर्नुस्

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ दिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । एक सय २५ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड आज भारत प्रस्थान गरेका हुन् । 

भ्रमणमा प्रधानमन्त्री दाहालकी धर्मपत्नी सीता दाहाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, सांसद नारायण चौधरी, लालबाबु रावत, योगेन्द्र चौधरी, टेकबहादुर बस्नेत र जङ्गीलाल राय सहभागी हुने छन्।

त्यसैगरी, भ्रमण दलमा ५० जना सरकारी सदस्यमध्येमा प्रधानमन्त्रीको ’कोर टिम’ २६ जना, उनका सल्लाहकार ६ जना, सुरक्षा टोलीमा तीन जना, सञ्चारकर्मीको टोलीमा सात जना र भारतमा रहेको राजदूतावासबाट आठ जना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us