Friday, 30 September 2016

इटहरीमा खाने तेलमा भेटियो किरै किरा !

इटहरी । जेके ओयल मिलले उत्पादन गर्ने खुकुरी तेलमा किरा भेटिएको छ । इटहरी ८ का एक उपभोक्ताले खरिद गरेर ल्याएको तेलमा किरा भेटिएको हो । सुनसरीको दुहबीबाट उत्पादन हुने ५ लिटरको तोरीको तेलमा किरा भेटिएपछि खरिद कर्ता ईस्वरा बास्तोला र शैलेश सत्याल चकित परेका थिए ।

(फोटो रातोपाटीबाट साभार गरिएको हो )
इटहरीको एक होलसेल पसलबाट खरिद गरेर ल्याएको तेलको ग्यालेन खनाउने क्रममा धेरै मात्रामा किरा फेला परेको थियो । पछि ग्यालेन भित्र अझ धेरै किरा फेला परेको थियो । किरा तेलमा जिउँदो अबस्थामा भेटिएका थिए ।

ग्यालेन खोलेपछि दुर्गन्ध आएपछि प्लेटमा खन्याएर हेर्दा किरा भेटिएको ईस्वरा बास्तोलाले बताइन् । डेट एक्सपायर समेत नभएको बताउदै यस्ता अखाद्य तेलले मानव स्वास्थ्यमा गम्भीर असर पर्ने हुनाले उघोग यस बिषयमा सचेत हुनु पर्ने बास्तोलाले बताइन् ।

यता जेके ओयल मिलका उत्पादन प्रमुख जितु धपेडीयाले तेलमा किरा भेटिएको कुरामा कुनै सत्यता नभएको दाबी गरे । नेपालकै पुरानो तेल उत्पादन गर्ने उघोगले कहिले पनि यस्तो काम नगर्ने उनको भनाई थियो ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us