काठमाडौं । नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई आर्किटेक्ट इन्जिनियर पनि हुन् । उनले काठमाडौंमा थुप्रै भवनको आर्किटेक्ट पनि गरेका छन् ।
बाबुराम माओवादी पार्टीमा रहँदा अर्थमन्त्री हुँदै प्रधानमन्त्रीसमेत बन्न सफल भए । अर्थमन्त्री हुँदा उनले धेरै राजस्व संकलन गरेर जति चर्चा कमाएका थिए प्रधानमन्त्री हुँदा सफल हुन सकेनन् । उनकै प्रधानमन्त्रीत्वकालमा पहिलो संविधानसभा विघटन भयो । तर काठमाडौंको सडक विस्तार गरेको जस भने बाबुरामलाई जबर्जस्ती दिने गरिएको छ ।
यिनै बाबुराम अहिले आफूलाई काम गर्न दिइए काठमाडौंको स्वरूप आधुनिक बनाउने भनेर घोषणा गरेका छन् । उनले मंगलबार फेसबुकमा एउटा तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘मलाई काम गर्ने मौका दिनुस्, म काठमाडौंलाई यस्तो बनाइदिन्छु‘ ।’
उनले बनाएको सडकको स्केच युरोप या अमेरिकाको जस्तो छ । तीन तलाको फ्लाइओभर पुल बनाइएको छ । सडक र पुुल चौडा छ । जतातिर पनि गाडी सजिलै गुडाउन मिल्ने गरी स्केच बनाइएको छ ।