युएई । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी र अध्यामगन कर्मचारीलाई घुस खुवाएर दलालले भिजिट भिषामा ल्याएका १० नेपाली दुबईमा अलपत्र परेका छन्। दलाललाई प्रतिव्यक्ति ३ लाख ५० हजार रुपैयाँ बुझाएर आएका उनीहरुका अनुसार त्रिभुवन विमानस्थल प्रहरी तथा अध्यागमन कर्मचारीको मिलेमतोमा उनीहरु दुबई आएका हुन्।
युएईमा सेक्युरिटी गार्डमा काम लगाइदिन्छु, न्युनतम २ हजार ८ सय युएई दिराम ९७८,८०० नेपाली रुपैयाँ० हुन्छ भनेर विश्वास दिलाएपछि आफूहरु आएको उनीहरुको भनाइ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यामगन र प्रहरी मिलाउन सक्ने दलाल रमेश नाथ भएको पीडितले बताए।
ुप्रहरी सई सुवास थापालाई एकमुस्ट ६ लाख बुझाएको हो। दुवै निकायका लागि प्रतिव्यक्ति ६० हजार रुपैयाँ बुझाएँ। अध्यागमन सेटिङका लागि आधी दिनुपर्छ भन्थ्यो। ु
खल्तीको पैसा सकिएर भोकै पार्कमा सुत्न बाध्य उनीहरुले अहिले उद्धारका लागि नेपाली समाज युएई र नेपाली दूतावासमा निवेदन दिएका छन्। अलपत्र पर्नेहरुमा कचनापुर ७ बाँकेका टोपीराम जैशी, कञ्चनपुर महेन्द्रनगरका ७ का गौतम गिरी, सोही ठाउँकै सुरेश बहादुर चन्द, कैलाश चन्द्र पन्त, गणेशबहादुर चन्द, गोर्खाका हिरन खत्री, टहल लिम्बु, दावा तामाङ, दिपेन्द्र विक र प्रणय मुखिया रहेका छन्।
‘राम्रो कमाइ हुन्छ, महिनाको २ हजार ८ सय दिराम कमाइ हुन्छ । काम नपाउञ्जेल विपिनको कोठामा बस्नुपर्छ भनेर ल्याएका थिए’, टोपीराम जैशीले भने, ‘काम गरेर राम्रो आम्दानी गर्ने सपना सपनै रह्यो । ५० डिग्री तापक्रमको गर्मीमा भोकै पार्कमा सुत्नु पर्यो।’
रमेश नाथले अध्यागमन र प्रहरीलाई सेटिङ मिलाएर १० जना लिएर दुबई आएका हुन्। अर्का दलाल विपिन श्रेष्ठ युएईमै बसोबास गर्छन्। युएई आइसकेपछि उनीहरु विपिनको सम्पर्कमा पुगेका थिए। पीडितले नेपालमा रमेश नाथलाई २ लाख ७५ हजार रुपैयाँ दिएको बताए। युएई आएपछि विपिन श्रेष्ठलाई प्रतिव्यक्ति थप १ लाख ५० हजार रुपैयाँ बुझाए।
नेपालमा सबै सेटिङ मिलाउने दलाल रमेश नाथले युएईमा काम गर्ने नवीन क्षेत्रीसँग फेसबुकमा कुराकानी गरेको आधारमा मान्छे लिएर आएका हुन्। ‘१ जना बराबर २० हजार रुपैयाँ लिन्छु सेक्युरिटीमा जागिर लगाइदिन्छु भनेर जिम्मा लिएको थियो’, उनले भने, ‘यहाँ आएपछि विपिनसँग भेट भयो। उसैले जागिर लगाइदिन्छु भनेर पैसा लियो। अहिले गायब छ ।’ नवीनले विपिनसँग भेट गराएको पीडितको भनाइ छ।’
एक महिनासम्म १० जनाले नै काम नपाएपछि पीडित युवाले युएईबाट नेपालमा रहेका रमेश नाथलाई फोन गरेर सबै जानकारी गराएका थिए। त्यसपछि रमेश नाथ दुबई आएका हुन्। दलाली धन्दा र दुबईमा आफू नयाँ भएको उनले सुनाए।