Monday, 19 September 2016

१ हजार भारुमा नरेन्द्र मोदी बिक्रिमा

काठमाडौं । केही महिना अघि पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ बिक्रिमा रहेको समाचार आएको थियो । अहिले उनै सरिफका भारतीय समकक्षी नरेन्द्र मोदीलाई बिक्रिमा राखिएको छ ।

पाकिस्तानी प्रधानमन्त्रीको मूल्य १ करोड तोकिएको थियो । तर भारतीय प्रधानमन्त्री त्यो भन्दा कैयौँ गुणा सस्तो मूल्यमा किन्न पाइनेछ । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीलाई ९ सय ५८ भारुमा किन्न सकिन्छ । ९ सय ५८ भारु खर्चिएपछि २४ सै घण्टा मोदीसँगै बस्न पाइनेछ ।

भारतीय एक कम्पनीले धमाधम नरेन्द्र मोदीको उत्पादन गरिरहेको छ । नरम खेलौना बनाउने कम्पनी टिकल्सले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वरुपकै खेलौना तयार पारेको छ र यसलाई अनलाइन मार्फत बिक्रिमा राखेको छ । सबैभन्दा सानो आकारको मोदी खेलौनालाई ९ सय ५८ भारु मूल्य  तोकिएको छ । त्यसभन्दा ठूलो आकारको मोदीको मूल्य १३६५ भारु छ ।

About

सत्य तथ्य समाचार,मनोरञ्जनात्मक खबरका साथै विश्वमा के घटना घटिरहेको छ संसारलाई एकै पटक र एकै ठाउँबाट हेर्नलाई नयाँ खबरमा प्रकाशित समाचार र विभिन्न भिडियोहरु हेर्नुहोस ।

Like Us